राजनीति

अाेलीलार्इ पाैडेलकाे जवाफ– 'प्रधानमन्त्रिकाे लाेभमा पार्टी निर्णयविपरीत जान्नँ'

काठमाडौं– नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीको लोभमा पार्टी निर्णयबाट यताउता नगर्ने स्पष्ट पारेका छन्।

एमाले अध्यक्ष एबं प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदारीका लागि गरेको आग्रहलाई अस्वीकार गर्दै पौडेलले नेकपा माओवादी केन्द्रसँग भएको सहमति कार्यान्वयनमा लैजाने स्पष्ट परेका हुन्।

‘म पार्टी निर्णय विपरित जाने मान्छै होइन,’ पौडेलले एमाले अध्यक्ष ओलीलाई दिएको जवाफ उद्धृत गर्दै सहयोगी चिरञ्जीवी अधिकारीले नागरिकसँग भने, ‘तपाईले देखाउनु भएको सद्भावका लागि धन्यवाद तर, म समेत सहभागी भएर गरेको पार्टी निर्णय विपरित जान्न।’

प्रकाशित: ३० असार २०७३ १४:०७ बिहीबार

अाेलीलार्इ पाैडेलकाे जवाफ– प्रधानमन्त्रिकाे लाेभमा पार्टी निर्णयविपरीत जान्नँ