राजनीति

सुदूरपश्चिम प्रदेशसभा सदस्यले लिए शपथ

शपथ ग्रहण गर्दै सुदूरपश्चिम प्रदेशसभा सदस्यहरु। तस्बिरः नागरिक

सुदूरपश्चिम प्रदेशसभा सदस्यहरुले शुक्रबार दिउँसो शपथ ग्रहण गरेका छन्।

प्रदेश सभाको ज्येष्ठ सदस्यका हैसियतले अछाम निर्वाचन क्षेत्र नम्बर १ को (ख) का निर्वाचित प्रदेश सदस्य मानबहादुर रावलले अन्य ५२ जना प्रदेश सभा सदस्यलाई शपथ ग्रहण गराएका हुन्।

यसअघि प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम प्रदेश प्रमुख देवराज जोशीले ज्येष्ठ सदस्य मानबहादुर रावललाई शपथ ग्रहण गराएका थिए।  

प्रकाशित: १५ पुस २०७९ ०९:१७ शुक्रबार

प्रदेशसभा