राजनीति

सरकार विघटन गर्न सघाउँछाैं, सरकारमा जाने सम्भावना छैनः उपेन्द्र यादव

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विघटन गर्न संयुक्त लोकतान्त्रिक मोर्चाका संयाेजकसमेत रहेका सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन्।

व्यवस्थापिका–संसद भवन परिसर नयाँबानेश्वरमामा सञ्चारकर्मीसँग कुराकानी गर्दै वर्तमान सरकारलाई हटाउन मोर्चाको समर्थन हुने तर नयाँ बन्ने सरकारमा भने सहभागी हुने सम्भावना नरहेको उनले बताए।

नयाँ सरकारले मोर्चाले उठाएका माग तथा विगतमा गरिएका सम्झौता कार्यान्वयन गर्न कस्तो व्यवहार प्रदर्शन गर्छ, त्याे हेरेर मात्रै नयाँ सरकारलाई सहयोग गर्ने तथा सरकारमा सहभागी हुने विषयमा निर्णय लिन सकिने उनले बताए।

सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले मङ्गलबार वर्तमान सरकारबाट समर्थन फिर्ता लिएकाे छ। प्रमुख विपक्षी दल नेपाली काँग्रेस र माओवादी केन्द्रबीच केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठन गर्ने लिखित सहमति भएको छ। त्यही सहमितका अाधारमा सत्ता समिकरणका विषयमा दलहरूबीच छलपफल जारी छ।

 

प्रकाशित: २९ असार २०७३ ०७:३२ बुधबार

सरकार विघटन गर्न सघाउँछाैं सरकारमा जाने सम्भावना छैनः उपेन्द्र यादव