राजनीति

प्रभु साहको नेतृत्वमा आम जनता पार्टी

प्रभु साहले आफ्नै नेतृत्वमा आम जनता पार्टी गठन गरेका छन्।

मंसिर ४ को चुनावअघि एमाले छाडेका नेता साहले आफ्नै नेतृत्वमा आम जनता पार्टी गठन गरेका हुन्।

बिहीबार काठमाडौं कोटेश्वरको एक होटलमा भएको भेलाले प्रभु साहको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको छ।

मंसिर ४ को निर्वाचनमा रौतहट क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचित भएका हुन्।

प्रकाशित: १४ पुस २०७९ १२:३८ बिहीबार

प्रभु साह