राजनीति

'माओवादी निर्णय दुर्भाग्यपूर्ण'

काठमाडौं-  माओवादी केन्द्रबाहेकका सत्ता गठवन्धनका दलहरुको बैठकले माओवादीको निर्णय दुर्भाग्यपूर्ण भएको निष्कर्ष निकालेको छ। प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकमा माओवादी बाहेर सत्ता साझेदार १२ दल सहभागि भएको प्रधानमन्त्रीका सल्लाहकार प्रमोद दाहालले बताए।

माओवादीले सत्ता साझेदार दलहरुसँग परामर्श नगरि निर्णय लिनु गलत भएको समेत बैठकले निष्कर्ष निकालेको छ। माओवादीले अनुपयुक्त र अनुचित निर्णय गरेको भन्दै साझेदारले त्यस्तो गर्नै हुने थिएन भन्नेमा पुगेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले आफ्नो फेसवुकमा लेखेका छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल संयन्त्रको अध्यक्ष रहँदा रहँदै पनि त्यसको ओज राख्न नसकेको गठवन्धनको ठहर रहेको छ। सत्ता साझेदार १२ दलले माओवादीका निर्णयले मुलुकलाई सहमती तिर हैन असहजता तर्फ धकेल्ने ठहर गरेका छन्।

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि माओवादी बाहेकका सत्ता साझेदार दलको बैठक बसेको थियो।

प्रकाशित: २८ असार २०७३ १५:२१ मंगलबार

माओवादी निर्णय दुर्भाग्यपूर्ण