राजनीति

कर्णाली प्रदेशसभाको पहिलो बैठक पुस १८ गते बस्ने

कर्णाली प्रदेशसभाको पहिलो अधिवेशन पुस १८ गते सोमबार बस्ने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पुस १८ गते दिउँसो १ बजे प्रदेशसभाको पहिलो अधिवेशन आव्हानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले प्रदेशसभाको पहिलो अधिवेशन आव्हानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय भएको बताए। 

‘संविधानको धारा १८३ को उपधारा (१) मा प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आव्हान गर्नुपर्ने व्यवस्था गरेको छ,’ मन्त्री बुढाक्षेत्रीले भने, ‘सोही व्यवस्था बमोजिम पुस १८ गते दिनको १ बजे प्रदेशसभाको पहिलो अधिवेशन आव्हानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरिएको हो।’

प्रकाशित: १३ पुस २०७९ ११:५५ बुधबार

कर्णाली प्रदेशसभा