राजनीति

अनुगमनका लागि गृहमन्त्री लामिछाने पुगे राहदानी विभाग

तस्बिर: दिपक बोहराको फेसबुकबाट।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने अनुगमनका लागि राहदानी विभागमा पुगेका छन्। बुधबार दिउँसो उनी त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुगेका हुन्।

गृहमन्त्री लामिछानेले सेवाग्राहीहरुसँग राहदानी लिँदा भोग्नुपरेको समस्याको बारेमा जानकारी लिएका छन्। सर्वसाधारणले सेवा लिन लामो लाइन बस्नुपर्ने कार्यालयमध्ये राहदानी विभाग पनि एक हो।

नयाँ सरकारको गठन लगतै बसेको पहिलो मन्त्रिपरिषद्ले पनि राहदानी विभागमा लाइन बस्नुपर्ने बाध्यता हटाउने निर्णय गरेको थियो।

प्रकाशित: १३ पुस २०७९ ११:४९ बुधबार