राजनीति

संसदमा पार्टीको भूमिकालाई सशक्त बनाउँछुः रामसहायप्रसाद यादव

जनता समाजवादी पार्टी नेपालका नवनिर्वाचित संसदीय दलका नेता रामसहायप्रसाद यादवले संसदमा पार्टीको भूमिकालाई सशक्त बनाउने बताएका छन्।

बुधबार पार्टीको संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता यादवले पार्टीको एजेण्डा, दृष्टिकोण र विचारलाई संसदमा सशक्त ढंगले उठाउने बताएका हुन्।

उनले पार्टी सरकारमा गएको अवस्थामा अथवा प्रतिपक्षी भएको अवस्थामा पनि पार्टीको भूमिकालाई सशक्त रुपले निर्वाह गर्ने बताए। जसपा वर्तमान परिवर्तन र संघीयताको बाहक भएको भन्दै आफूहरुले उत्पीडित समुदायको माग र मुद्दालाई उठाउने उनले बताए।

मधेसी, आदिवासी, जनजाति, दलित, मुस्लिम, थारु, खस र महिला लगायतका समस्याहरुको सम्बोधन गर्न प्रयास गर्ने पनि उनले उल्लेख गरे। 

प्रकाशित: १३ पुस २०७९ ०९:१६ बुधबार

जनता समाजवादी पार्टी रामसहायप्रसाद यादव