राजनीति

जसपा संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध

जनता समाजवादी पार्टी जसपाको संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव निर्विरोध निर्वाचित भएका छन्।

यसअघि संसदीय दलको नेतामा दाबी गर्दै आएका अशोक राई पछि हटेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।

संसदीय दलको नेता चयनका लागि यादवको मात्र मनोनयन दर्ता भएको थियो।

यादव जसपा अध्यक्ष उपेन्द्र यादवका विश्वास पात्र हुन्। उनी बारा २ बाट निर्वाचित भएका थिए।

प्रतिनिधिसभामा जसपाका १२ जना सांसद छन्।

प्रकाशित: १३ पुस २०७९ ०७:२९ बुधबार

जनता समाजवादी पार्टी जसपा