राजनीति

प्रदेश नं. १: माओवादी संसदीय दलको नेतामा आङ्वो सर्वसम्मत

नेकपा माओवादी केन्द्र प्रदेश नं. १ संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बो सर्वसम्मत चयन भएका छन्।

माओवादी केन्द्र प्रदेश १ को मंगलबार बसेको संसदीय दलको बैठकले नेता आङ्वोलाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो।

माओवादी केन्द्रका ज्येष्ठ प्रदेश सांसद नारायणबहादुर मगरको अध्यक्षतामा बसेको बैठकले आङ्बोलाई सर्वसम्मत नेता चयन गरेको प्रदेशसभा सदस्य गणेश उप्रेतीले जानकारी दिए। माओवादी संसदीय दलको बैठकले मुख्यमन्त्रीको दाबीसहित गठबन्धनमा छलफल गर्न पार्टीका इञ्चार्ज राम कार्कीको संयोजकत्वमा समितिसमेत बनाएको छ।

माओवादी केन्द्रका प्रदेश १ मा १३ जना प्रदेश सांसद छन्। दलको नेता चयन भएपछि आङ्बोले प्रदेश १ मा सरकारको नेतृत्वमा आफूहरूको दाबी रहेको बताए।

प्रकाशित: १२ पुस २०७९ ११:५७ मंगलबार