नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटारबाट पर्सि बिहीबार धुम्बाराहीको भाडाको घरमा सर्न लागेको उनका निजी सचिव भानु देउवाले जानकारी दिएका छन । पुस १० गते आइतबार नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रधानमन्त्रीमा नियुक्त भए पछि देउवाले सरकारी निवास छोड्नु परेको हो ।
देउवाका निजी सचिव भानु देउवाका अनुसार बुढानीलकण्ठस्थित देउवाको निवासमा हाल निर्माण कार्य भइरहेकाले उनी भाडाको घरमा सर्न लागेका हुन । पुष्प कमल दाहाल भने अहिले आफ्नै निजी निवास खुमलटारमा बसिरहेका छन । देउवाले बालुवाटार छोडेपछि दाहाल प्रधानमन्त्री निवास बालुवाटार सर्नेछन् । सुरक्षा व्यवस्थापनका कारण प्रधानमन्त्री र मन्त्रीहरूलाई सरकारी निवासको व्यवस्था गरिएको हो ।
प्रकाशित: १२ पुस २०७९ १०:१२ मंगलबार