राजनीति

शशांक बोले- 'अब घर जाऊँ'

बालकृष्ण अधिकारी/दीपक दाहाल

काठमाडौं- 'अब हामी घर जाउँ!'

कांग्रेस महामन्त्री शशांक कोइरालाले बिहीबार साँझ चावहिलस्थित ओम अस्पतालमा निजी सहयोगीलाई यसो भन्दा उनको सुस्वास्थ्यको कामना गरिरहेका परिवार र कांग्रेसजनमा हर्षको सीमै रहेन।

बुधबार बिहान साढे ५ बजेदेखि अचेत कोइरालालाई बिहीबार दिउँसो साढे तीन बजे डाक्टरले भेन्टिलेटर निकालेका थिए। त्यसको केही समयपछि कोइरालाले सहयोगी भरत तिवारीलाई घर जाने प्रस्ताव गरेका थिए।

'उहाँले मलाई अब हामी घर जाउँ्क, यहाँ बस्ने हो र भन्नुभयो,' गम्भीर अस्वस्थ रहेका कोइरालाको भनाइ उद्धृत गर्दै तिवारीले बेलुका नौ बजे नागरिकसँग भने, 'मैले अहिले होइन, अझै एकदुई दिन अस्पतालमै बस्नुपर्छ भनेँ।'

मंगलबार राति आठ बजेतिर पेट फुलेको र सास फेर्न केही असहज भएको भनी ओम अस्पताल पुगेका कोइराला विस्तृत जाँचका लागि अस्पताल बसेका थिए। बुधबार बिहान अस्पतालको बेडमा बान्ता गरी अचेत अवस्थामा भेटिएका उनमा बिहीबार बिहान होस आएको थियो।

मंगलबार बेलुका पेट फुलेर अस्पताल पुगेका उनलाई तत्काल उपचार नथाली बुधबार मात्र विस्तृत जाँच गर्ने भनिएपछि अस्पतालकै प्राइभेट क्याबिनमा बसेका थिए। 'बुधबार बिहान फेरि आउनुपर्ने भएपछि हामी राति अस्पतालमै बसेका थियौं,' तिवारीले भने। कोइरालालाई पिज्जा र नुस खुवाएपछि राम्रो निन्द्रा परोस् भनी स्लिपिङ ट्याबलेट खुवाएर आफू सुतेको उनले सुनाए। 'घुरेर सुतिरहनुभएको थियो,' तिवारीले भने, 'बिहान नर्सले भेट्दा अचेत हुनुभएको रहेछ।'

स्वास्थ्य अवस्थाबारे जानकारी लिन बिहीबार साँझ अस्पताल पुगेका पार्टी सभापति शेरबहादुर देउवालाई उनले उठेरै नमस्कार गरेका थिए। उनले सभापतिसँग कुरा गर्न खोजेको पनि तिवारीले बताए।

'सभापति शेरबहादुुर देउवालाई उहाँले उठेर नमस्कार गर्दै बोल्न खोज्नुभएको थियो,' कांग्रेस केन्द्रीय कार्यालयले साँझ ७ बजे जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'सभापतिले नउठ्न, नबोल्न र आराम गर्न भनेपछि उहाँले सांकेतिक रुपमा अन्तर्त्रि्कया गनर्ुुभएको थियो।'

त्यस्तै, कोइरालाको स्वास्थ्य अवस्थाको जानकारी लिन बिहान अस्पताल पुगेका नेता रामचन्द्र पौडेलसँग पनि उनले हात मिलाउन खोजेका थिए। चिकित्सकले कोइरालाको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको सभापति देउवा, नेता पौडेलसहित अन्य नेतालाई जानकारी गराएका थिए।

बिहीबार अस्पताल पुगेका कांग्रेस नेता तथा कार्यकर्ता कोइरालाको स्वास्थ्यमा सुधार आएको पाएपछि निकै खुसी देखिएका थिए। कोइरालामा बिहीबार बिहानै आधा चेत खुलेको र दिउँसो साढे तीन बजे भेन्टिलेटरबाट निकाली आइसियुमा थप उपचार भइरहेको तिवारीले जानकारी दिए। चिकित्सकले उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहे पनि खतरामुक्त भने भइनसकेको जनाएका छन्। 

गम्भीर प्रकृतिको निमोनियाग्रस्त महामन्त्री कोइरालाको स्वास्थ्यमा क्रमशः राम्रो सुधार देखिएको छ। उपचारमा संलग्न चिकित्सकले अपेक्षा गरेभन्दा पनि छिटो र द्रुत सुधार देखिएको भए पनि 'अझै खतरामुक्त' भन्न नमिल्ने बताए।

उपचारमा संलग्न अस्पतालका चिकित्सक डा. लव जोशीले हिजोको तुलनामा सुधारपछि 'लाइफ सपोर्टिभ' औषधि र मेसिन हटाए पनि जोखिममुक्त भन्न नमिल्ने बताए। 'यो सुधार कायम राख्नुपर्ने चुनौती कायमै छ,' उनले भने, 'लाइफ सपोर्ट मात्रै हटाइएको हो।'

चिकित्सकका अनुसार यो सुधार अपेक्षा गरिएभन्दा दु्रत हो।

चिकित्सकका अनुसार श्वासप्रश्वासमा क्रमिक सुधारपछि बिहीबार तीन बजेदेखि भेन्टिलेटर हटाइएको छ तर अक्सिजन भने निरन्तर दिइराखिएको छ। अहिले पनि निरन्तर अक्सिजन दिँदा पनि अक्सिजन 'स्याचुरेसन' ९० हाराहारी मात्र छ। रक्तचाप भने 'मेन्टेन' छ।

जोशीका अनुसार निमोनियाको एकपछि अर्को एक्स–रेमा सुधार देखिएको छ। डा. कोइरालाको होसमा भएको, बिस्तारै बोल्न सक्ने अवस्थामा भए पनि भेटघाटलाई पूर्ण कडाइ गरिएको छ। आगामी दिनमा फोक्सोमा हुने संक्रमण घटाउनु र थप संक्रमणबाट जोगाउनुमा सुधार निर्भर हुन्छ।

भेन्टिलेटरको सपोर्टबाट हटाएका कोइरालालाई फेरि त्यस्तो सपोर्टमा लानुपर्ने अवस्था आए बढी जोखिम हुन्छ। सुधार भए पनि फोक्सोमा जमेको खकार आफैं निकाल्न सक्ने अवस्था नहुँदासम्म खकार जमेर पुनः संक्रमण बढ्ने जोखिम कायमै रहने चिकित्सक बताउँछन्।

प्रकाशित: २४ असार २०७३ ०१:४६ शुक्रबार

शशांक बोले- अब घर जाऊँ