राजनीति

महामन्त्री कोइराला खतरामुक्त, भेन्टिलेटर निकालियो

काठमाडौं— नेपाली काँग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाको स्वास्थ्यमा सुधार हुँदै गएको र उनी खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

चिकित्सकका अनुसार महामन्त्री कोइरालाको रक्तचाप, अक्सिजनको मात्रा र पिसाबमा बुधबारका तुलनामा आज निकै सुधार हुँदै गएकाले भेन्टिलेटर झिकिएको हो। अहिले उनको रक्तचाप १२०/८०, मुटुको धड्कन ९०/८० र युरिन पास ६० एमएल प्रतिघन्टा भएको अस्पतालका एमडी हरिकिशोर श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार महामन्त्री कोइराला अहिले पूर्ण रुपमा होसमा आइसकेका छन्। उनले कुराकानी गर्न थालेका छन्। 'अहिले उहाँ पूर्ण रुपमा होसमा आइसक्नुभएको छ। हामीले औषधिको मात्रा पनि घटाएका छौँ। उहाँको स्वास्थ्य अवस्था हिजोको भन्दा बिहान र बिहानको भन्दा अहिले धेरै राम्रो भएको छ', उनले भने।  रासस

 

प्रकाशित: २३ असार २०७३ १२:४६ बिहीबार

महामन्त्री कोइराला खतरामुक्त भेन्टिलेटर निकालियो