राजनीति

संसद भवनमा सत्ता गठबन्धनको बैठक जारी

सत्ता गठबन्धनको बैठक संसद भवन नयाँबानेश्वरमा जारी छ। बैठकमा मन्त्रालय बाँडफाँटबारे छलफल हुने बताइएको छ। 

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंदेनलगायत सहभागी छन्। 

आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरिएको छ। माओवादी अध्यक्ष दाहालले आज अपराह्न चार बजे शपथ ग्रहण गर्दैछन्। 

प्रकाशित: ११ पुस २०७९ ०७:४५ सोमबार

सत्ता गठबन्धनको बैठक