एमाले प्रदेश १ को संसदीय दलको नेतामा हिक्मतकुमार कार्कीलाई सर्वसम्मत चयन भएका छन्।
एमाले संसदीय दलको आइतबार बसेको बैठकले कार्कीलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो।
कार्की प्रदेश १ का पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री पनि हुन्। प्रदेश सभा सदस्य तिलकुमार नेम्वाङको प्रस्ताव र रेवतीरमण भण्डारीको समर्थनमा कार्की निर्विरोध दलको नेतामा निर्वाचित भएका हुन्। कार्की झापा क्षेत्रनम्बर ५ (१)बाट दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।
प्रकाशित: १० पुस २०७९ १३:३० आइतबार