राजनीति

सिके राउत पनि पुगे बालकोट

जनमत पार्टीका अध्यक्ष सिके राउत पनि बालकोट पुगेका छन्। नयाँ सत्ता गठबन्धनको तयारी भइरहेका बेला राउत पनि बालकोट वार्तामा पुगेका हुन्।

अहिले बालकोटमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा र राप्रपाका  नेताहरुबीच छलफल चलिरहेकाे छ।

जनमत पार्टीसँग प्रतिनिधिसभामा ६ सिट रहेको छ।  

प्रकाशित: १० पुस २०७९ ०९:४३ आइतबार

सिके राउत