सरकार गठनका लागि बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलको बैठक विना निष्कर्ष टुंगिएको छ।
बैठक पछि बोल्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बैठक कुनै निष्कर्षमा नपुगी सकिएको बताएका छन्।
माओवादीले आलोपालोपालोमा पहिलो चरणको प्रधानमन्त्री दाबी गर्दै आएको थियो। तर कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै दिन नसकिने बताएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बैठकबाट बाहिरिएका थिए।
सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आज(आइतबार) साँझ ५ बजेसम्मको समय दिएकी छन्।
प्रकाशित: १० पुस २०७९ ०७:४२ आइतबार