राजनीति

शशांकलाई हेरेर फर्किंदा सुजाताका आँखामा आँसु

अाेम अस्पतालमा कांग्रेस महामन्त्री शशांकलाई हेरेर फर्किंदै नेतृ सुजाता कोइराला। तस्विरः दिनेश गोले

काठमाडौं— एक्कासि रक्तचाप घटेपछि अस्पताल भर्ना भएका नेपाली कांग्रेसका महामन्त्री डाक्टर सशांक कोइराला हेर्न ओम अस्पताल पुगेकी नेतृ सुजाता कोइराला फर्किंदा आँखाभरि आँसु पारेर फर्किएकी छिन्। सुजातालाई भावुकताले महामन्त्री कोइरालाको अवस्था निकै गम्भीर भएको अड्कल गरिएको छ।

महामन्त्री डा. कोइरालालाई कृतिम श्वासप्रश्वास (भेन्टिलेटर) मा राखेर उपचार गराइरहेको अवस्थामा हेर्न कांग्रेस नेतृ सुजता ओम अस्पताल पुगेकी थिइन्।

खाना खाएपछि अचानक बेहोस भएका महामन्त्री  कोइरालालाई  बुधबार विहानै चावहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको थियो।  कोइरालालाई बुधबार विहानै वान्ता भएपछि उनी बेहोस भएको पारिवारिक स्रोतले जनाएको छ। भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको छ।

 अस्पताले कोइरालाको अवस्था गम्भीर रहेको जनाएको छ।  अस्पतालले एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य स्थितिबारे जानकारी दिएको हो। अस्पतालका अनुसार उनको बायाँ फोक्सोमा  एसपी रेटिभ निमोनिया भएको  छ।  अस्पतालका निर्देशक डा. हरिकिशोर श्रेष्ठले अहिले मुटु र मृगौलाले काम गरेकोजस्तो संकेत मिलेको बताए।

अहिलेकै जस्तो गरी मुटु र मृगौलाले काम गरे कोइरालको स्वास्थ्यमा सुधार आउने उनले जनाए। डाक्टरहरूका अनुसार एसपी निमोनिया भएपछि प्रेसर कम हुने र शरीरका महत्वपूर्ण अंगले काम गर्न छोड्दै जाने हुन्छ। 

प्रकाशित: २२ असार २०७३ ०८:५० बुधबार

शशांकलाई हेरेर फर्किंदा सुजाताका आँखामा आँसु