राजनीति

गीत सुुनाउँदै प्रधानमन्त्रीले भनेः सरकार फेरे पाप लाग्ला

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको जस्तो जनसमर्थन पाएको सरकार आफ्नो ५० बर्षको राजनीतिक करियरमा कहिल्यै नदेखेको बताएका छन्।

‘यति जनताले मन पराएको, यति जनताले प्रेम गरेको, यति जनताले मायाँ गरेको, यति जनताको आशिर्बाद पाएको सरकार मैले ५०–५१ बर्ष नेपालमा राजनीति गर्दा अहिलेसम्म देखिन।’ मंगलबार नेपला परिवार दलको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्।

प्रधानमन्त्री ओलीले मन्तव्यकाक्रममा दुईवटा गीतको प्रसंग उठाए। ‘एउटा गीत सुनेको थिएँ, पाप लाग्ला है भन्ने,’ उनले आफ्नो सविक शैलीमा मुस्काउँदै भने ‘म भन्न चाहान्छु सरकार हटाउन हतार गर्नेलाई पाप लाग्ला है,’ हलमा हाँसोको स्वर चर्कियो। प्रधानमन्त्रीले थपे ‘फेरी पनि चुनाव आउँछ, नेपाली जनताले हेरिराख्या छ, त्यो ठूलो पाप हो, चुनावमा गाह्रो हुन्छ फेरी।’ उनले सरकार फेरिने हल्लाका पछाडि कुनै सत्यता नरहेको भन्दै भ्रममा नपर्न आग्रह गरे।

अर्को गीतको प्रसंग थियो यो देशमा म एउटा मानिस खोजिरहे छु...। प्रधानमन्त्री गीतको प्रसंग जोड्दै भने ‘एउटा मान्छे खोज्ने कलाकारलाई लाखौं मान्छे हामीले दिनुपर्छ, हामी बनाउँछौं।’ उनले उपस्थितलाई सोधे– ‘बनाउँछौं हैन्त हामीले?’ सहभागीबाट हुटिङसहित स्वर सुनिन्छ– ‘बनाउँछौं।’
 

हेर्नुस् भिडियो

भिडियोः प्रबिन कोइराला

प्रकाशित: २१ असार २०७३ १४:१० मंगलबार

गीत सुुनाउँदै प्रधानमन्त्रीले भनेः सरकार फेरे पाप लाग्ला