राजनीति

पहिरो पीडितको राहत र उद्धारको लागि प्रयत्नशिल छु: मन्त्री शर्मा

काठमाडौं- सामान्य प्रशासनमन्त्री रेखा शर्माले प्यूठानमा पहिरोमा परि मृत्यु भएका ८ परिवारलाई सरकारको तर्फबाट राहत तथा क्षतिपूर्ति दिलाउन पहल गरिरहेको बताएकी छन्।  उनले आफू पीडितहरुको उद्धार तथा राहतका लागि सधैं क्रियाशील रहिरहने समेत बताएकी छन्।

एक विज्ञप्ति जारी गर्दै उनले उद्धार कार्यमा संलग्न सुरक्षाकर्मी, स्थानीय राजनीतिक दल, स्थानीय जनता लगायत सबैप्रति आभार व्यक्त गरेकी छन्।  साथै उनले जोखिममा रहेकाहरुलाई शीघ्र उद्धार गरी सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाउने कार्यमा क्रियाशील रहन स्थानीय प्रशासनलाई आग्रह गरेकी छन्।

यए राती अविरल बर्षासँगै आएको पहिरोका कारण प्युठानको रजवारामा ५ जना र पूजा गाविसमा ३ जनाको घटनास्थलमै पुरिएर ज्यान गएको थियो।

 

                                                                                                                               

प्रकाशित: २१ असार २०७३ १२:३७ मंगलबार

पहिरो पीडितको राहत उद्धारको लागि प्रयत्नशिल छु मन्त्री शर्मा