राजनीति

नयाँ शक्तिले हिमालमाथि केवलकार चलायो !

काठमाडौं— डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले पार्टी ब्रान्डिङका लागि एनिमेटेड भिडियो सार्वजनिक गरेको छ। देश विकासको संक्षिप्त मार्गचित्र समेटिएको ४२ सेकेन्डको सो भिडियोमा कृषि आधुनिकीकरणदेखि हिमालमाथि केबलकार चलाएको दृष्यसम्म समेटिएका छन्।

बहुराष्ट्रिय कम्पनीका उत्पादन प्रवर्द्धन गर्ने शैलीको गुणस्तरमा तयार पारिएको भिडियोमा भ्रष्ट्राचारको कारण पाइपबाट पैसा चुहिएको देखाइएको छ। 'नयाँ शक्तिले राष्ट्रिय ढुकुटीमा हुने भ्रष्ट्राचारका प्वाल टालेर देशको आर्थिक विकासलाई तीव्रता दिने थिममा भिडियो बनाइएको हो', पार्टीका केन्द्रीय परिषद सदस्य विश्वदीप पाण्डेले नागरिकन्युजसँग भने, 'नयाँ शक्तिले प्वाल टालेपछि धाराबाट पैसा झर्न थाल्छ। त्यही स्रोतबाट सडक, आधुनिक कृषि प्रणाली, हाइड्रो, केबलकार लगायत आर्थिक सम्वृद्धिका काम हुन्छन् भन्ने पार्टीको मार्गचित्र भिडियोमा छ।'

पार्टी गठन प्रक्रियादेखि नै परम्परागत एवं डिजिटल मिडियाको आक्रमक प्रयोग गर्दै आएको नयाँ शक्तिले मंगलबार यो भिडियोलाई आफ्नो युट्युब च्यानलमार्फत् सार्वजनिक गरेको हो।

भिडियो

प्रकाशित: २१ असार २०७३ ०७:३२ मंगलबार

शक्तिले हिमालमाथि केवलकार चलायो