राजनीति

कोटेश्वरमा प्रचण्ड र माधव नेपालबीच छलफल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकाबिहान नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल निवास कोटेश्वर पुगेका छन्।  

शुक्रबार साँझ टिचिङ अस्पतालबाट डिस्चार्ज भएका नेपाललाई भेट्न र सरकार गठनबारे छलफल गर्न प्रचण्ड नेपाल निवास कोटेश्वर पुगेका हुन्।

दुई नेताबिच कोटेश्वरमा वान टु वान छलफल भइरहेको स्रोतले बतायो।

नेपाली काँग्रेसको नेतृत्वमा रहेको गठबन्धनका दुई शीर्ष नेताहरुबीच करिब आधा घन्टादेखि छलफल भइरहेको बुझिएको छ। सरकार गठन तथा गठबन्धनको विषय नै वार्ताको मुख्य विषय रहेको बुझिएको छ।

भोलि आइतबारसम्म सरकार गठनको लागि राष्टपतिले दिएको समयसीमा हो। नेपाली काँग्रेसका संसदीय दलका नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै नेतृत्वमा सरकार गठन गर्न कसरत गरिरहेको अवस्थामा प्रचण्ड र नेपालबीचको भेटलाई अर्थपूर्ण हेरिएको छ।

प्रकाशित: ९ पुस २०७९ ०४:२४ शनिबार