राजनीति

राष्ट्रपतिद्वारा पराजुलीको कैद माफी

काठमाडौं— राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद सिफारिशमा कारागार कार्यलय अर्घाखाँचीका बन्दी रुद्रप्रसाद पराजुलीको बाँकी कैद साजय माफी गरिदिएकी छिन्। कारागार नियमावलीअनुसार राष्ट्रपतिले पराजुलीको सजाय माफी गरिदिएको राष्ट्रपति कार्यालयले जनाएको छ।


कारागार नियमावली, २०२० को नियम २९ को उपनियम (१) र (२ क) एवम् सजाय माफी, मुल्तबी, परिवर्तन वा कम गर्नेसम्बन्धी कार्यविधि, २०७१ बमोजिम हातहतियार खरखजाना र ज्यान मार्ने उद्योग मुद्दामा सात वर्ष कैद फैसला भई तीन वर्ष तीन महिना सात दिन सजाय भुक्तान गरेका पराजुलीको बाँकी कैद सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी गरेकी हुन्।

प्रकाशित: २० असार २०७३ १३:५१ सोमबार

राष्ट्रपतिद्वारा पराजुलीको कैद माफी