राजनीति

एमाले प्रचार विभाग सचिवमा विष्णु रिजाल

काठमाडौं—नेकपा(एमाले) प्रचार तथा प्रकाशन विभागका सचिवमा ‘बुधबार’ साप्ताहिकका सम्पादन सल्लाहकार तथा ‘पहिलोन्युज डटकम’का सम्पादक विष्णु रिजाल विजयी भएका छन्।

एमालेको विसं २०७१मा भएको नवौँ अधिवेशनपछि गठित विभागहरुमा पहिलो चोटि सचिव पदमा निर्वाचन भएको हो। दलको धूम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा बिहीबार अपराह्न भएको निर्वाचनमा रिजालले १४ र प्रतिद्वन्द्वी प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष गगन विष्टले ९ मत ल्याए।

कुल २५ सदस्यमध्ये विभाग प्रमुख योगेश भट्टराई र उपप्रमुख सूर्य थापाले भने मतदान गरेनन्। आजै विभागका केही सदस्यको कार्यविभाजन गरिएको छ। रासस

 

प्रकाशित: १६ असार २०७३ १४:०३ बिहीबार

एमाले प्रचार विभाग सचिवमा विष्णु रिजाल