राजनीति

स्थायीत्व र रुपान्तरणको लागि गगनलाई अघि सारेका हौँः शेखर कोइराला

नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले स्थायीत्व र रुपान्तरणको लागि महामन्त्री गगनकुमार थापालाई संसदीय दलको नेतामा प्रस्ताव गरेको बताएका छन्।

मंगलबार पार्टीका महामन्त्री थापाको संसदीय दलको नेताको प्रश्तावकका रुपमा काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर उनले यस्तो बताएका हुन्।

उनले आगामी पार्टी सभापतिको सहमतिको विषयमा भने भविष्यका दिनहरुलाई हेर्दै अघि बढ्ने बताए।  

प्रकाशित: ५ पुस २०७९ १०:३२ मंगलबार

कांग्रेस नेता डा. शेखर कोइराला