राजनीति

पुराना पार्टीहरुलाई खबरदारी गर्न संसदमा आएका छौँः पशुपति समशेर जबरा

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा प्रतिनिधि सभा सदस्य पशुपति समशेर जबराले राप्रपा पुराना पार्टीहरुलाई खबरदारी गर्न संसदमा आएको बताएका छन्।

सोमबार पार्टीको केन्द्रिय सचिवालयले आयोजना गरेको पार्टीबाट निर्वाचित सांसदहरुलाई स्वागत तथा बधाई कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य जबराले राप्रपा पुराना पार्टीहरुलाई खबरदारी गर्न संसदमा आएको बताएका हुन्।

उनले देशलाई अहिलेकै ढंगमा चलाएर अगाडी बढाउन नसकिने बताए। ठूला पार्टीहरुसँग काम गर्ने शक्ति पनि नभएको उनको भनाइ छ। उनले राप्रपाले मुलुकलाई सञ्चालन गर्ने क्षमता संसदबाट देखाउने बताए। 

प्रकाशित: ४ पुस २०७९ ०९:५२ सोमबार

पशुपति समशेर जबरा