राजनीति

नेकपा एसको संसदीय दलको नेतामा माधव नेपाल चयन

नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन्।

आज बसेको संसदीय दलको बैठकले नेपाललाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो। 

त्यस्तै  संसदीय दलको उपनेतामा उपाध्यक्ष राजेन्द्र पाण्डे चयन भएका छन्। दलको सचेतकमा उप-महासचिव प्रकाश ज्वाला चयन भएका छन्।

नेकपा एसको प्रत्यक्षतर्फ १० जना सांसद जितेका छन्। समानुपातिकतर्फ भने थ्रेसहोल्ड कटाउन नसक्दा समानुपातिकमा कुनै पनि सांसद छैनन्।  

प्रकाशित: ४ पुस २०७९ ०८:३५ सोमबार

माधवकुमार नेपाल