राजनीति

प्रधानमन्त्री शेरबहादुरजी बन्नुहुन्छः आरजु राणा देउवा

नेपाली काँग्रेसकी केन्द्रिय सदस्य तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य आरजु राणा देउवाले शेरबहादुर देउवा नै आगामी प्रधानमन्त्री बन्ने दाबी गरेकी छिन्।

आइतबार निर्वाचन आयोगबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र लिएसँगै सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले आगामी प्रधानमन्त्री शेरबहादुर देउवा नै बन्ने दाबी गरेकी हुन्।

संसदीय प्रणालीमा संख्याको खेल हुने भन्दै उनले देउवासँग सांसदहरुको धेरै संख्या रहेको बताइन्। उनले ठूलो दल पनि नेपाली काँग्रेस भएकाले प्रधानमन्त्रीमा स्वभाविक रुपमा देउवा हुने उल्लेख गरिन्। उनले पार्टीका अन्य नेताहरुले संसदीय दलको नेतामा आकांक्षा राख्नु स्वभाविक भएको बताइन्।  

प्रकाशित: ३ पुस २०७९ १२:२४ आइतबार

आरजु राणा देउवा