राजनीति

हिन्दु संस्थाले मोदीलाई भन्यो–हस्तक्षेप गरी नेपाललाई हिन्दुराष्ट्र घोषणा गर

काठमाडाैं-भारत र चीनको सुरक्षा चासो हेर्दै आएको हिन्दु जनजाग्रिती समिति (एचजेएस)ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको धर्मनिरपेक्ष संविधानमा हस्तक्षप गरेर भएपनि नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नु पर्ने माग गरेको छ।
इण्डियन एक्प्रेसमा प्रकाशित समाचार अनुसार एचजेएसका प्रवक्ता रमेश सिन्देले वर्तमान नेपाल सरकार र भारत सरकारको पहिलेको जस्तो आत्मीय सम्बन्ध नभएकाले नेपालको संविधानमा प्रधानमन्त्री मोदीले हस्तक्षेप गरेर भएपनि नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न दबाब दिनुपर्ने बताएका छन्। उनले नेपाल सरकारले भारतसँग भन्दापनि  उत्तरी छिमेकी मुलुक चीनसँग सम्बन्ध विस्तार गरेको र त्यसको फाइदा  चीनले उठाउँदै नेपालमा आफ्नो प्रभाव देखाउन थालिसकेकाले भारतको सुरक्षामा खतरा रहेको भन्दै मोदीले हस्तक्षेप गरेर नेपाललाई हिन्दु राष्ट्र घोषणा गनर्् पर्ने माग गरेका हुन्।
उनले भारतमा  शनिबार सम्पन्न पाचौं अखिल भारत हिन्दु जागरणमा बोल्दै उनले धर्मनिरपेक्षताका आधारमा गरिएको आरक्षण कोटाको व्यवस्थाले हिन्दुमाथिको अन्याय गरेको पनि बताए ।

 

प्रकाशित: १२ असार २०७३ ०७:४४ आइतबार

हिन्दु संस्थाले मोदीलाई भन्यो–हस्तक्षेप गरी नेपाललाई हिन्दुराष्ट्र घोषणा