राजनीति

मेयर कार्कीलाई कुन्तीको जवाफः जनताका समस्या समाधान गर्न सक्नुहुन्न भने राजिनामा दिनुस्

राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ कुन्ती पोखरेलले साँखु—थली सडक निर्माणको काममा स्थानीय जनप्रतिनिधिहरु जिम्मेवारीबाट पन्छिन नमिल्ने बताएकी छिन।

 नेतृ पोखरेलले कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले पत्रकार सम्मेलन गरी विकास निर्माणमा आफूले अवरोध गरेको भनेर झुटो आरोप लगाएको भन्दै जिम्मेवारीबाट पन्छिन खोज्ने जनप्रतिनिधिहरुले पदमा बसिरहन नमिल्ने धारणा राखेकी छिन। एक दशक बितिसक्दा समेत सडक निर्माण हुन नसकेको भन्दै स्थानीय बासिन्दाले गत मंसिर २२ गतेबाट सडक अवरुद्ध गरेका थिए । त्यसपछि कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कार्कीले पत्रकार सम्मेलन गरी विकास निर्माणमा कुन्ती पोखरेलले अवरोध सिर्जना गरेको आरोप लगाएका थिए । न्युज एजेन्सी नेपालसँग विशेष कुरा गर्दै नेतृ पोखरेलले जनप्रतिनिधिहरुले हरेक पटक बेवास्ता गरिरहेकाले आफूले नागरिकहरुको साथ दिएको बताईन। नागरिकका समस्या समाधान नभएसम्म आफू नागरिसँगै रहने भन्दै नागरिकका समस्या समाधान गर्नुलाई मेयरले अवरोधका रुपमा लिएको भए यस्ता अवरोध बारम्बार हुने चेतावनीसमेत उनले दिईन। नेतृ पोखरेलले नगरप्रमुखसँग स्थानीहरुले बारम्बार सडकका लागि पहल गर्न आग्रह गरेपनि मेयरले बेवास्ता गरेको आरोप लगाएकी छिन। उनले सडक नबनेका कारण सडक आन्दोलन गर्नुपरेको भन्दै दबाब नदिकन विकास निर्माणका काम कहिले हुने ? भन्दै प्रश्नसमेत गरिन ।  

राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृकुन्ती पोखरेल हालै सम्पन्न प्रतिनिधी सभाको काठमाडौ क्षेत्र नम्ब २ वाटउम्मेदवार भएकी थिईन । यस क्षत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी भएकी थिईन।

प्रकाशित: १ पुस २०७९ १०:४६ शुक्रबार

साँखु—थली सडक निर्माण