गठबन्धनको सरकार बन्दा कर्मचारीमा काम नै नगर्ने प्रवृत्ति बढेको बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डेले बताएका छन्।सरकारमा फरक–फरक पार्टी भएपछि कर्मचारीमाथि एक खालको दबाब पर्दा काम कारबाही ढिलाइ हुने गरेको उनले बताए। मुख्यमन्त्री पाण्डेले फरक दलहरू मिलेर सरकार चलाउँदा कर्मचारीहरू कसैको दबाब आउने हो की भन्ने मनसायमा रुमल्लिने गरेको आफ्नो अनुभवले पाएको बताए । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा मुख्यमन्त्री पाण्डेले भने ‘देश र जनताको सेवाका लागि काम गरेको छौ,संघीयतालाई राम्रोसँग ध्यान दिएनौँ भने गठबन्धन सरकारको आयु लामो छैन’। संघीयताको कार्यान्वयनलाई बलियो बनाउन, कृषि, खानेपानी, शिक्षा, स्वास्थ्यको पूर्वाधार र प्रणालीलाई व्यवस्थित बनाउनमा बिताएको पनि मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे जानकारी दिए।
एउटै पार्टीको बहुमतको मुख्यमन्त्री र गठबन्धनको मुख्यमन्त्रीमा अलि फरक हुँदो रहेछ उनले भने। म तीन वटा पार्टीको तर्फबाट मुख्यमन्त्री थिएँ। त्यसमध्ये सबैभन्दा सानो दल मेरै थियो। मैले (एकीकृत समाजवादी) बाट १३ जना, (माओवादी केन्द्र) को २३ जना, नेपाली काँग्रेसको २२ जना लिएर सरकार गठन गरेको थिएँ। मन्त्री पाण्डेले भने तीन दल मिलेर न्यूनतम साझा कार्यक्रम तय गरेर काम गरेका थियौँ। र त्यही गाइडलाइनमा आधारित भएर धेरै कामहरू सुरु गर्यौ । बाहिर भन्ने पाटो भन्दा आन्तरिक रूपमा यदाकदा फरक–फरक पार्टी भएपछि कर्मचारीमाथि एक खालको दबाब परेको महसुस गरेको पनि मुख्य मन्त्री पाण्डेले कुराकानीको क्रममा बताए।
बागमती प्रदेशमा ५ वर्षको कार्यकालमा ३ जना मुख्यमन्त्री बनेका थिए । तत्कालीन नेकपा फुटेसँगै डोरमणि पौडेल पनि बागमतीको मुख्यमन्त्रीबाट हटे।त्यसपछि नेकपा एमालेको समर्थनमा एमाले पार्टीकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नयाँ मुख्यमन्त्रीमा चयन भइन । त्यसको केही महिनापछि गठबन्धनको सरकार बनेसँगै बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे मुख्य मन्त्री भएका हुन।
प्रकाशित: १ पुस २०७९ ०९:२९ शुक्रबार