राजनीति

काबुल घटनाप्रति जर्मनीद्वारा दुःख व्यक्त

काठमाडौं– आतंकवादी समूह तालिबानले १३ नेपालीको ज्यान जानेगरी अफगानिस्तानको काबुलमा गरेको आक्रमणप्रति जर्मनीले दुःख व्यक्त गरेको छ।

काठमाडौंस्थित जर्मनी दूतावासले बिहीबार उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापालाई लिखित सन्देश पठाउँदै घटनाको निन्दा तथा भत्र्सना गरेको हो ।

‘यो दुःखद् घडीमा जर्मनी सरकार र जर्मन जनता मृत्यु भएका नेपालीप्रति हार्दिक समवेदना व्यक्त गर्न चाहन्छौं,’ पत्रमा उल्लेख गरिएको छ, ‘हाम्रो साथ पीडित परिवारका अभिभावक र बालबालिकासँग छ ।’ पत्रमा जर्मनीले जुनसुकै प्रकारका आतंकवाद भए पनि त्यसले विश्वशान्ति र सुरक्षामा खतरा पु¥याउने बताएको छ ।

 

प्रकाशित: १० असार २०७३ ०२:२१ शुक्रबार

काबुल घटनाप्रति जर्मनीद्वारा दुःख