राजनीति

गठबन्धनकाे मागमा कांग्रेसको साथ

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार टुँडिखेलमा अनशनरत संघीय गठबन्धनका कार्यकर्तालाई भेटेका छन्।

रिले अनशन सुरु गरेको १७ दिन बितिसक्दा पनि आन्दोलनकारीको मागप्रति सरकारी निकायले बेवास्ता गरिरहेका बेला देउवाले उनीहरूलाई भेटेर जायज माग पूरा गराउन कांग्रेसको साथ रहने बताए । संविधानप्रति असहमति जनाउँदै विभिन्न चरणका आन्दोलन गरिरहेका मधेसकेन्द्रित दलसहितको गठबन्धनले जेठ २६ गतेदेखि अनशन सुरु गरेको थियो।

संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईका अनुसार रिले अनशनमा २९ वटा विभिन्न दल र संगठनको समर्थन छ । अनशन असार महिनाभरि जारी रहने बताइएको छ ।

 

प्रकाशित: १० असार २०७३ ०२:१४ शुक्रबार

गठबन्धनकाे मागमा कांग्रेसको साथ