राजनीति

जर्मन सरकारद्वारा काबुल हमलाको भर्त्सना

काठमाडौं- जर्मन सरकारले अफगानिस्ताको राजधानी काबुलमा १२ जना नेपालीको ज्यान जानेगरी भएको हमलाको भर्त्सना गरेको छ। नेपालस्थित जर्मन दूतावासले उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापालाई पत्र पठाएर घटनाको भर्त्सना गरेको हो।

‘अफगानिस्तानको राजधानी काबुलमा १२ जना नेपालीको ज्यान जानेगरी भएको आतंककारी हमलाको हामी घोर भर्त्सना गर्दछौं। यस शोकको घडीमा हामी नेपाल सरकार र मृत्यु भएका नेपालीप्रति हार्दिक समवेदना व्यक्त गर्न चहान्छौं,' पत्रमा भनिएको छ।

दूतावासले जर्मन सरकार सधैं आतंकबादविरुद्ध रहेको र संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले यस घटनाको सत्यतथ्य छानबिन गरी अन्तर्राष्ट्रिय कानुनबमोजिम कारबाही हुनुपर्ने बताएको छ।

प्रकाशित: ९ असार २०७३ ०८:२० बिहीबार

जर्मन सरकारद्वारा काबुल हमलाको भर्त्सना