राजनीति

काठमाडौंको मौलिकतालाई पुनःजीवित गर्नुपर्छःसोविता गौतम

काठमाडौं क्षेत्र नं. २ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सोविता गौतमले काठमाडौंको मौलिकतालाई पुनःजीवित गर्नुपर्ने बताएकी छिन्।  

बिहीवार काठमाडौं महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य गौतमले काठमाडौं महानगरपालिकाले आफ्नो मौलिकता गुमाउँदै गइरहेको बताईन।  

उनले महानगरपालिकाले गुमाएको मौलिकतालाई पुनःजीवित गर्नुपर्ने बताईन। यसको निम्ति आफूले सकेको भुमिका निभाउने उनको भनाई छ। उनले भनिन्,‘आगामी दिनबाट हाम्रो तर्फबाट र मेरो तर्फबाट व्यक्तिगत रुपमा मैले आफूले गर्नुपर्ने कुराहरुमा महानगरपालिका लगायत नेपाललाई नै एउटा गति दिनको निम्ति हाम्रो मौलिकतालाई एउटा पुर्नजिर्वित गर्नको निम्ति र मौलिकता सँगसँगै एउटा आधुनिक नेपाल विकसित गर्नको निम्ति हाम्रो जे जति भुमिका हुनसक्छ, मेरो जे जति भुमिका हुनसक्छ। त्यसमा म सकारात्मक छु भन्ने कुरा यहाँबाट व्यक्त गर्न चाहन्छु।’

उनले देशलाई गति दिनका निम्ति महानगरपालिका सँगसँगै सिंगो देशकै मौलिकतालाई पुनःजीवित गर्नुपर्नेमा जोड दिइन्।

प्रकाशित: २९ मंसिर २०७९ ०९:३८ बिहीबार

काठमाडौं महानगरपालिका प्रतिनिधि सभा सदस्य सोविता गौतम