राजनीति

मन्त्री र नेताहरुले निजामति सेवा ऐन रोकेका छैनन्ः अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय निजामति ऐनलाई छाता ऐन भनेर दुष्प्रचार गरिएको बताएका छन्।

बुधबार संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले  यस्तो बताएका हुन्। उनले संघीय संसद सचिवालयका कर्मचारीहरुले आफूलाई संघीय संसद सचिावलयमा नै कैद गरियो भन्नेजस्ता भ्रम प्रचार गरिरहेको भन्दै त्यसो नगर्न आग्रह गरे।

उनले प्रदेशमा पठाउँदा नजाने र केन्द्रमै राख्दा कैद गरियो भन्नेजस्ता प्रचारबाजी गरेर संसदको प्रतिभामा आँच आउने काम नगर्न आग्रह गरे। अध्यक्ष तिमिल्सिनाले संघीय निजामति ऐनलाई छाता ऐन भनेर प्रचार गरी अघि बढ्दा संघीय निजामति ऐन प्रभावकारी बन्न नसक्ने बताए। उनले निजामति सेवा ऐन राजनीतिक दलहरु र मन्त्रीहरुले मात्रै नरोकेको बताए।

उनले निजामति सेवा ऐन सेवा ऐन भित्रका विशिष्ट अधिकृतहरुका आफ्ना खालका स्वार्थहरुका कारण निजामति सेवा ऐन रोकिएको बताए। उहाँले विशिष्ट अधिकृतहरुका उमेरहद बढाउने लगायतका चाहनाका कारण निजामति सेवा ऐन रोकिएको बताए।  

प्रकाशित: २८ मंसिर २०७९ १०:०५ बुधबार

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना