राजनीति

निर्वाचन आयोगले भोलि प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने

फाईल तस्वीर

यही मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन निवार्चन आयोगले भोलि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गर्ने भएको छ।  निवार्चन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलीयाले आज पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिएका हुन।  राष्ट्रपतिलाई प्रतिवेदन बुझाएपछि निर्वाचितहरूको नाम राजपत्रमा प्रकाशित गरिने आयुक्त थपलीयाले जानकारी दिए।  

प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन भने पुस २ गते प्रदेश प्रमुखहरूलाई बुझाइने उनले जानकारी दिए। समानुपातिक तर्फ विजयी सासदहरुलाई पुस ३ गते आयोगले एक विशेष कार्यक्रम गरी प्रमाण पत्र वितरण गरिने पनि प्रमुख आयुक्त दिनेश कुमार थपलीयाले बताए। साथै यस निर्वाचनमा प्रतिनिधी सभा र प्रदेश सभा गरी चार हजार २८५  उमेदवारको जमानत जफत भएको पनि आयोगले जनाएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार प्रतिनिधिसभातर्फ पुरुष एक हजार ७७२ र महिला १७९ गरी एक हजार ९६१ उमेदवारको जमानत जफत भएको छ। प्रदेशसभातर्फ दुई हजार ३२४ गरी कुल चार हजार २८५ उमेदवारको धरौटी जफत भएको  हो। कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उमेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ। प्रतिनिधिसभामा बन्दसूची पेस गर्ने ४० दलको धरौटी जफत भएको छ।  

एउटा दलको अध्यक्ष अर्को दलको चुनाव चिन्हमा प्रतिस्पर्धा गर्ने तथा एउटा दलको अध्यक्ष अर्को दलबाट समानुपातिको बन्दसुचीमा पर्ने यो कस्तो खालको कुरा हो भनेर पत्रकारले सोधेको प्रश्नमा निवार्चन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलीयाले कानुनी रुपमा कुनै दलले टिकट दिए चुनावमा प्रतिस्पर्धा गर्न पाउने दलकै सदस्य हुनु पर्ने भन्ने नहरेको स्पष्ट पारे। मंसिर ०४ गतेको निर्वाचनमा मकवापुर क्षेत्र १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले एमालेको चुुनाव चिन्ह सुर्यबाट प्रतिस्पर्धा गरेका थिए। त्यसैगरी एमालेले नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई प्रतिनिधी सभाको समानुपातिक तर्फ उम्मेदवार बनाएर थियो। कमल थापाले चुनाव हारे भने एकनाथ ढकाललाई  एमालेले खस आर्य तर्फ एमालेको कोटा बाट प्रतिनिधी सभाको समानुपातिक सांसद बनाएको छ।  

प्रकाशित: २८ मंसिर २०७९ ०९:१० बुधबार

आलोचित बन्दै निर्वाचन आयोग