राजनीति

स्वदेशमै रोजगारी सृजना गर्न सुझाव

काठमाडौं–संघीय समाजवादी फोरम नेपालका सांसद  वीरेन्द्र महतोले नेपाल सरकारकै उदासिनताका कारण काबुल घटनामा नेपालीले ज्यान गुमाएको आरोप लगाएका छन्। मंगलबार सञ्चारकर्मी कुरा गर्दै सांसद महतोले मानवीय हिसावले अति खतरा रहेका देशमा काम गर्न जाने अनुमाति सरकारले दिएकोले  निर्दोष नेपालील ज्यान गुमाउनु परेको उल्लेख गरे। ‘नेपाली अफगानिस्तान, इराकजस्ता जोखिमयुक्त ठाउँहरुमा गएका छन्, र सरकार यसमा अनुमति दिन लालायित छ,’ उनले भने, ‘उनीहरुले पठाउने रेमिट्यान्सका कारण हाम्रो जीविका चलेको छ।’ स्वदेशमै रोजगारीको सुनौलो अवसर सिर्जना गर्न सके युवाहरु त्यस्तो जोखिमयुक्त देशमा नजाने उनको भनाइ थियो। उनले भने,‘हामी हाम्रो राजनीतिक व्यवस्थालाई ठिक पार्नतिर लाग्न छोडेर, दिनप्रतिदिन युवाहरुलाई वैदेशिक रोजगारको लागि प्रोत्साहन गरिरहेका छौं।’ उनले नेपालमै रोजगारीको व्यवस्था गरेर उनीहरुलाई स्वदेशमै आत्मनिर्भर बनाउने सकेमात्रै यस्ता घटना रोकिने बताए।

 

प्रकाशित: ७ असार २०७३ ०५:०० मंगलबार

स्वदेशमै रोजगारी सृजना गर्न