राजनीति

आयोगले आज निर्वाचनको अन्तिम नतिजा घोषणा गर्ने

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आज सार्वजनिक गर्ने भएको छ।

आज दिउँसो साढे १ बजे पत्रकार सम्मेलन गरेर अन्तिम परिणाम घोषणा गर्न लागिएको आयोगले जनाएको हो।  

यसअघि नै प्रत्यक्षतर्फको अन्तिम नतिजा आइसकेकामा दलहरूले समानुपातिकको सूची पनि आयोगमा बुझाइसकेका छन्।

आयोगले बिहीबार राष्ट्रपतिसमक्ष सम्पूर्ण निर्वाचन परिणाम प्रस्तुत गर्ने बताएको छ।

प्रकाशित: २८ मंसिर २०७९ ०२:०४ बुधबार

निर्वाचन आयोग