राजनीति

कर्णाली प्रदेश: सरकार नेतृत्वको लागि केन्द्रको निर्णय पर्खदै

प्रत्यक्षसहित समानुपातिक सांसदको अन्तिम नामावली सार्वजनिक भईसक्दा कर्णाली प्रदेशमा सरकारको नेतृत्वको विषय पेचिलो बन्दै गइरहेको छ। मुख्यतः काँग्रेस, माओवादीले सरकार नेतृत्व कसरले पाउने भन्ने विषयमा केन्द्रको निर्णय प्रतिक्षारक्त छन्।

अहिले प्रदेश सरकार कसको नेतृत्वमा बल्ला ? बहसको विषय बनेको छ। काँग्रेस, माओवादीमध्ये एकले सरकारको नेतृत्व गर्ने निश्चित भएपनि कसले नेतृत्व गर्दा बहसको विषय बनेको हो।

कर्णालीमा सरकार बनाउन काँग्रेस, माओवादीको सुविधाजनक बहुमत पुग्छ। अहिले काँग्रेसका जीवनबहादुर शाहीले सरकारको नेतृत्व गरिरहेका छन्। नयाँ सरकारमा माओवादीले आफ्नो नेतृत्वमा सरकार गठन हुनुपर्ने दाबी गरिरहेको छ। तर, काँग्रेसको प्रदेश समितिले यो सरकार निरन्तरता दिनुपर्ने धारणा राखेको छ। 

४० सांसद संख्या रहेको कर्णाली प्रदेश सभामा नयाँ सरकार गठन गर्न २१ जना सांसद भए पुग्छ। समानुपातीकसहित काँग्रेस १४ सांसद, माओवादी १३ सांसद र समाजवादीका १ सांसद गरि सत्ता गठबन्धनबाट २८ सांसद छन्। जुम्लाबाट निर्वाचित १ स्वतन्त्र सांसद काँग्रेसमै फकिए कर्णाली प्रदेश सरकार गठन गर्नका लागि २९ जना सांसद पुग्छन्। राप्रपा १ र एमालेमा १० सांसद छन्। सरकारको नेतृत्व कसले लिने भन्नेबारे केन्द्रको निर्णयपछि मात्र हुने काँग्रेस निकट एक नेताले बताए।

काँग्रेसबाट सरकार नेतृत्व जीवनबहादुर शाही (हुम्ला) र राजिव विक्रम शाह (जाजरकोट) रहेका छन्। माओवादीबाट विन्दमान विष्ट (सुर्खेत) र राजकुमार शर्मा (रुकुम पश्चिम)को दाबी रहेको छ। सत्ता गठबन्धन केन्द्रबाटै भत्किए माओवादी या काँग्रेस एमालेसँग मिलेर सरकार बनाउन सक्ने आङ्कलन पनि गर्न सकिन्छ।

प्रकाशित: २६ मंसिर २०७९ ११:३२ सोमबार