राजनीति

सरकारको अध्यादेश ल्याउने निर्णय राजनीतिक निर्लज्जताको पराकाष्ठा: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारको अध्यादेश ल्याउने निर्णय राजनीतिक निर्लज्जताको पराकाष्ठा भएको बताएका छन्।

उनले सामाजिक सञ्जालमा अध्यादेशको विरोध जनाउँदै सरकारको अध्यादेश ल्याउने निर्णय राजनीतिक निर्लज्जताको पराकाष्ठा भएको बताएका हुन्।  

उनले लेखेका छन्,'अब नयाँ संसदको बैठक बस्न कति समय लाग्ला? १ हप्ता? २ हप्ता? ३ हप्ता ?त्यस्तो के आपत्काल लागेको थियो र १-२ हप्तापनि कुर्न नसकिनेरुयो अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको छ,नयाँ संसदको अधिकार मिच्ने प्रयास भएको छ। यो कदम  राजनीतिक निर्लज्जताको पराकाष्ठा हो।यो तत्काल फिर्ता हुनपर्छ।'

सरकारले आइतबार मन्त्रिपरिषद बैठकबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ मा उपदफा ९ थप्दै विद्रोहीहरूलाई आममाफी दिने प्रावधान राख्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको थियो।

प्रकाशित: २६ मंसिर २०७९ ०२:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App