राजनीति

घनीभूत छलफलसमेत नगरी सरकारले अध्यादेश ल्याउनु गलत: महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले विद्रोहीहरूलाई आममाफी दिन मिल्ने गरी ल्याइएको अध्यादेश गलत भएको बताएका छन्।

सामाजिक सञ्जालमा विरोध जनाउँदै उनले संक्रमणकालमा अध्यादेश ल्याउन दलहरूबीच र आफ्नै दलभित्र घनिभूत छलफलको हेक्का नराखिनु सम्पूर्ण रूपले गलत भएको बताएका हुन्।  

उनले लेखेका छन्,'सडकमा छँदा जे सत्य, संसदमापनि त्यहीनै सत्य! त्यसैले सार्वजनिक दर्ज होस् #असहमति! संक्रमणकालझमा अध्यादेश ल्याउन दलहरूबिच र आफ्नै दलभित्र घनिभुत छलफलको हेक्का नराखिनु सम्पुर्ण रुपले गलत!'

सरकारले आइतबार मन्त्रिपरिषद बैठकबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ मा उपदफा ९ थप्दै विद्रोहीहरूलाई आममाफी दिने प्रावधान राख्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको थियो।

प्रकाशित: २६ मंसिर २०७९ ०२:३८ सोमबार

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा