राजनीति

आन्तरिक विवादले फोरम लोकतान्त्रिकको पत्रकार सम्मेलन स्थगित

काठमाडौं- मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले बोलाएको पत्रकार सम्मेलन आइतबारका लागि स्थगित गरिएको छ। एक सतादेखि बसेको कार्यसमितिको बैठकका निर्णयहरु सार्वजनिक गर्ने भनेर शनिबार ३ बजे बोलाइएको पत्रकार सम्मेलन आन्तिरिक विवादका कारण स्थगित गरिएको पार्टी निकट स्रोतले बताएको छ।

'आवश्यक गृहकार्य गर्न बाँकी रहेकाले शनिबार बोलाइएको पत्रकार सम्मेलन स्थगन थरिएको छ,' कार्यालय सचिव परमानन्द मेहताले भने, 'पत्रकार सम्मेलन आइतबार ३ बजे हुनेछ।'

 

प्रकाशित: ४ असार २०७३ ०८:४४ शनिबार

आन्तरिक विवादले फोरम लोकतान्त्रिकको पत्रकार सम्मेलन स्थगित विजय गच्छदार