राजनीति

निगमको नेतृत्वले क्षमता विकास गर्न सकेनः पर्यटनमन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल वायुसेवा निगमको नेतृत्वले क्षमता विकास गर्न नसकेको बताएका छन्।

बुधबार अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले सरकारले ठूलो लगानी गरेको वायुसेवा निगममा अयोग्य नेतृत्वका कारण जनताले सेवा लिनबाट वञ्चित हुने तथा विभिन्न दुःख पाउने गरेको आरोप लगाए। उनले अयोग्य नेतृत्वकै कारण सरकारले जनतालाई सुविधा दिनको लागि लगानी गरेको संस्था आन्तरिक तथा आन्तरिक उडानमा थला परेको बताए। उनले नेतृत्व अयोग्य भयो भन्दा यस्तै नेतृत्वको निरन्तरताका लागि अदालतबाट स्टे आउने गरेको बताए। 

मन्त्री श्रेष्ठले वायुसेवा निगमको नेतृत्वले म सरकारी निकाय हो, सुतिसुति खान्छु भनेर सेवा प्रदान गर्नु देशको लागि दुर्भाग्य हुने बताए। उनले प्रतिष्पर्धाको युगमा निगममा दक्ष नेतृत्व ल्याउन आवश्यक रहेको बताए। उनले सरकारले नियुक्त गरेको अयोग्य व्यतिलाई नियमित तलव खुवाएर राख्नै पर्ने प्रवृत्तिबाट मुक्त हुन आवश्यक रहेको बताए।

निगम व्यवस्थापनले कोभिडको तुलनामा यतिखेर आम्दानी वृद्धि गर्नु भनेको हास्यास्पद रहेको भन्दै कोभिडबाट मुक्त भएसँगै व्यवसाय चलायमान हुनु स्वभाविक भएको उनको भनाइ थियो। उनले निगमले सरकारले गरेको लगानी उठे नउठेको विषयमा मौन बसेर विगतको भन्दा अहिले आम्दानी गरेँ भनेर निगम नेतृत्वले तर्क पेस गर्नु हास्यास्पद भएको बताए। उनु उनले निगम आफैले प्रतिस्पर्धी बनाउन आवश्यक रहेको भन्दै सधैँ राज्यले लगानी गरेर निगम चलाउन नसक्ने बताए।  

प्रकाशित: २१ मंसिर २०७९ १३:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App