राजनीति

संसद्का महासचिवको पत्र खारेजीको माग गर्दै सर्वोच्चमा रिट

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको भनी संघीय संसदका महासचिव  भरतराज गौतमले दिएको पत्र खारेजीकाे माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ।

सर्वोच्च बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्य लगायतका पदाधिकारीहरुले गौतमले दिएको पत्र खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका हुन्।

बुधबार सचिवालयका महासचिव डा। गौतमले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग प्रस्ताव निष्क्रिय भएको भन्दै राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संवैधानिक परिषद्, सर्वोच्च अदालत, न्याय परिषद् र जबरालाई पत्र पठाएका थिए।  

प्रकाशित: २१ मंसिर २०७९ ११:०२ बुधबार

चोलेन्द्रशमशेर जबरा