राजनीति

रवीन्द्र मिश्रको निर्वाचन खर्च साढे २४ लाख रुपैयाँ

फाइल तस्बिर।

काठमाडौँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन्।

उनले हालै सम्पन्न निर्वाचनमा २४ लाख ४९ हजार ६०७ रूपैयाँ खर्च भएको प्रेस विज्ञप्ति मार्फत बताएका छन्। उक्त खर्चको विवरण आज निर्वाचन आयोगमा पेश गरेको उनले बताए। चुनावी अभियानका क्रममा उनलाई ३३ लाख रुपैयाँ सहयोग प्राप्त भएको उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।  

‘निर्वाचन आयोगले तोकेको खर्च सीमा रू २५ लाखको हाराहारीमा शुभेच्छुकहरूबाट सहयोग प्राप्त भएपछि मैले भिडियो सन्देश मार्फत अब थप आर्थिक सहयोग नगर्न आग्रह गरेको थिएँ। त्यति हुँदाहुँदै पनि थप केही सहयोग मेरो खातामा प्राप्त भयो, जसबाट प्राप्त कूल सहयोग लगभग रू ३३ लाख हुन गएको छ।’, विज्ञप्तिमा उल्लेख छ।

निर्वाचन खर्चपश्चात बचेको लगभग ८ लाख ५० हजार रुपैयाँ  ुकाठमाडौँ क्षेत्र नं १ सरोकार कोषु मा जम्मा गरिने मिश्रले बताए।

प्रकाशित: २० मंसिर २०७९ ०८:०९ मंगलबार

रवीन्द्र मिश्र