नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्व सञ्चार तथा सूचनामन्त्री गोकुलप्रसाद बाँस्कोटाको घर बाहिर फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ।
आइतबार बिहान सांसद बाँस्कोटाको घर बाहिर फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निस्क्रय पारेको हो। सेनाले निष्क्रिय पारेको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ।
भक्तपुरको लोकन्थलीस्थित सांसद बाँस्कोटाको घर बाहिर शंकास्पद वस्तु फेला परेपछि बम रहेको आशंकामा नेपाली सेनाको डिस्पोजल टोलीले उक्त वस्तु डिस्पोज गरेको थियो। एमाले नेता बाँस्कोटा गत प्रतिनिधि सभा सदस्यको निर्वाचनमा काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी भएका थिए।
प्रकाशित: १८ मंसिर २०७९ ०६:३८ आइतबार