राजनीति

निर्वाचनको समीक्षा गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

नेकपा माओवादी केन्द्रले आज (शनिबार) दिउँसो ३ बजेका लागि पदाधिकारीको बैठक बोलाएको छ।

बैठकमा आम निर्वाचनको समीक्षा र नयाँ सरकार गठन लगायतका विषयमा छलफल हुने बताइएको छ। बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ।

आम निर्वाचनको मतपरिणामले पार्टीभित्रै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आलोचना समेत सुरू भएको छ।

प्रकाशित: १७ मंसिर २०७९ ०६:०० शनिबार

नेकपा माओवादी केन्द्र