राजनीति

दोलखामा १० वडाको गणना सकियो, माओवादी केन्द्रका कार्कीलाई १४ सय ५० मतको अग्रता

दोलखामा प्रतिनिधि सभातर्फ माओवादी केन्द्रका गंगा कार्कीले अग्रता लिइरहेका छन्।  

हाल सम्म १० वडाको मतगणना सकिदा कार्कीले १५ सय ४५ मतले अग्रता लिएका हुन्।  गौरीशंकर गाउँपालिकाका वडाहरु १,२,३,४,५,७,८,९ र कालिञ्चोक गाउँपालिकाको वडा नं १ र ९ गरेर १० ओटा वडाको मत गणना सकिएको छ। 

हाल सम्म गणना भएका १० वडाको परिणाम अनुसार माओवादी केन्द्रका गंगा कार्कीले ५४ सय ३५ मत र एमालेका बालकृष्ण शिवाकोटीले ३८ सय ८९ मत ल्याएका छन्। 

प्रतिनिधि सभामा एउटा मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा ७ गाउँपालिका र २ नगरमा ७४ वडा छन्।

प्रदेश सभा क्षेत्र नं १ मा कांग्रेसका कुन्दन काफ्लेले १६ सय ४४ र क्षेत्र नं २ मा कांग्रेसका वर्मा लामाले ५ सय १२ मतले अग्रता लिइरहेका छन्।

प्रकाशित: १६ मंसिर २०७९ १२:४५ शुक्रबार

गंगा कार्की बालकृष्ण शिवाकोटी Election 2079