राजनीति

कांग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैनः उपसभापति खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले  कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्नु नहुने बताएका छन्।  

बिहीबार नेपाली  कांग्रेसका नेता स्व. कृष्णप्रसाद भट्टराई आश्रम बाँडेगाउँमा भट्टराईको शालिकमा  श्रद्धाञ्जली अर्पण गर्न पुगेका उपसभापति खड्काले  कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्नु नहुने बताएका हुन्।  

उनले पार्टी सभापति देउवाको नेतृत्वमा  कांग्रेस र सिंगो गठबन्धन नै निर्वाचनमा होमिएको भन्दै देउवाले दलको नेतामा चाहना राखेपछि दायाँ बायाँ कुरा गरिराख्नु नपर्ने बताए। उनले दलको नेताको निर्वाचन सर्वसम्मत रुपमा गर्नुपर्ने पनि बताए।  

उपसभापति खड्काले यो बेलामा  कांग्रेस भित्र एकताको वातावरण बनाउनु आवश्यक रहेको बताए।  कांग्रेसलाई एकतावद्ध बनाउँदै सत्तागठबन्धन सहितका दलहरुलाई मिलाएर लानुपर्ने  कांग्रेसको मुख्य दायित्व भएको उनले उल्लेख गरे। 

प्रकाशित: १५ मंसिर २०७९ १०:३७ बिहीबार

कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का